२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २औधोगिक समुहद्वारा २ सय ५० थान पीपीई वीरगन्ज महानगरलाई हस्तान्तरण

औधोगिक समुहद्वारा २ सय ५० थान पीपीई वीरगन्ज महानगरलाई हस्तान्तरण


जनकपुर – वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखामार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको काममा संलग्न स्वास्थ्यकर्मीहरुकालागि नीजि क्षेत्रले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।

शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रा.लि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकालाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरेको हो ।

बिहिवार महानगरमा आयोजना गरिएको एक कार्यक्रमबीच वीरगञ्जको नरायणी अस्पताल र गण्डक अस्पताललाई तथा थ्रोट सवाब संकलनमा खटिने क्वारेन्टाइनमा  स्वास्थ्य सेवा दिने स्वास्थ्य कर्मचारीले उपयोग गर्ने गर्री वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिका कार्यकारी निर्देशक राजेश अग्रवालले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ