गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिर्चैयाका डिएसपी जैसवार सहित चार जनामा संक्रमण पुष्टि, सिरहामा संक्रमितको संख्या २८० पुग्यो मिर्चैयाका डिएसपी जैसवार सहित चार जनामा संक्रमण पुष्टि, सिरहामा संक्रमितको संख्या २८० पुग्यो हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १५:०९ मा प्रकाशित जनकपुर – सिरहाको मिर्चैयास्थित रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । डिएसपी सन्तुलाल जैसवार, तीन जवान र एक थुनुवामा संक्रमण पुष्टि भएको जिलला प्रशासन कार्यालय सिरहाले जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गर्दा उनीहरूमा मंगलबार राती संक्रमण पुष्टि भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार संक्रमित डिएसपी सहित चारै संक्रमितलाई मापदण्ड अनुसार प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको छ । थुनुवालाई भने अलग आइसोलेसनमा राखिएको छ । सिरहामा हालसम्म २ सय ८० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ सय ९ जना डिस्चार्ज भइसकेका छन् । ५५ जना आइसोलेसन र ५ सय ४४ जना होम आइसोलेसनमा रहेको प्रजिअ कणेलले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?