२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीका दुई स्वास्थ्यकर्मी र ७ विरामी सहित २२ जनामा संक्रमण पुष्टि

सप्तरीका दुई स्वास्थ्यकर्मी र ७ विरामी सहित २२ जनामा संक्रमण पुष्टि


जनकपुर – सप्तरीमा सोमवार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका २ जना स्वास्थ्यकर्मी र उपचाररत ७ जना विरामी सहित २२ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाका अनुसार अप्रेसन थिएटरका ४० वर्षिय असिस्टेन्ट स्वास्थ्यकर्मी र इमर्जेन्सी फाँटका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको हो ।

यसैगरी डाईलाईसिस वार्डका ७ जना विरामीमा कोरोना पुष्टि भएको बताए । सिरहाको गोलवजार ६ का ६५ वर्षिय पुरुष, सप्तरीको सुरुङ्गा नगरपालिका दौलतपुरका ५८ वर्षिय पुरुष, विष्णपुर ६ का एक जना पुरुष, सुरुङ्गाको सिस्वारीका ८५ वर्षिय पुरुष र खडक नगरपालिका ३ का ३५ वर्षिय पुरुष सहित ७ जनामा संक्रमण पुष्टि भएको झाले वताए । यसैगरी २५ वर्षिय सुरक्षा गार्डमा समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै, राजविराज ६ की १७ वर्षिया महिला, तिलाठि कोइलाडि गाउँपालिका ४ का २८ वर्षिय पुरुष, महदेवा गाउँपालिका ४ का २७ वर्षिय पुरुष, राजविराज ७ का ३२ वर्षिय पुरुष, लहान ७ की ५५ वर्षिया महिला, कर कार्यालय राजविराजका ३१ वर्षिय पुरुष, तिरहुत गाउँपालिका ४ का ३५, १२, र ११ वर्षिया महिला तथा तिरहुत ५ का २० वर्षिय पुरुष, अग्निसाईर कृष्णासवरण गाउँपालिकाका ३३ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका १ का ४५ र २५ वर्षिया महिलामा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ