२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बीरगन्जमा थप १५ जनामा संक्रमण पुष्टि

बीरगन्जमा थप १५ जनामा संक्रमण पुष्टि


जनकपुर – पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १ सय २५ जनाको स्वाब परीक्षण गर्दा पर्साका ११ र बाराका ४ जनागरी १५ जनामा बिहीबार राति गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

पर्साका थपिएका ११ जना संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एकरएक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तीन जनामा पनि संक्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।

यस्तै, बाराका पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ । सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ