२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा  ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण

जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा  ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण


जनकपुर – जनस्वास्थ्य कार्यालय सप्तरीले बलानबिहुल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा बलानबिहुलका ६ वटै वडाका जम्मा ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रम बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले उद्घाटन गरेको जनस्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । कार्यक्रममा वडा ६ का १ सय ११ वर्षीय नसिब लाल खंग लगायत जम्मा ४८ जना वृद्धलाई ओढने ब्ल्यान्केट प्रदान गरिएको बलान बिहुल गाउँपालिकाका स्वास्थ संयोजक मो. नसिम राइनले बताए ।

मोहम्मद राइनका अनुसार सम्मान कार्यक्रम पश्चात् उपस्थित सम्पुर्ण वृद्ध वृद्धाको जिल्ला जनस्वास्थ्य बाट खटिएका चिकित्सकहरुको टोलिले निःशुल्क स्वास्थ परीक्षण समेत गरेका थिए । ज्येष्ठ नागरिकलाई सहज रुपमा सम्मान ग्रहन गर्न आउन जनस्वास्थ्यद्वारा प्रति ब्यक्ति २०० नगद रुपैयाँ समेत प्रदान गरिएकोे छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गोईतले ज्येष्ठ नागरिक सम्पुर्ण गाउँपालिकाको लागि ऐतिहासिक धरोहर भएकोले उनीहरुको पिडा आफ्नो पिडा भएको बताए । उनले ज्येष्ठ नागरिकलाई सहज हुने रुपले खाता खातामा वृद्ध भत्ता राख्ने गरेको उनले बताए ।

सम्मान कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी प्रमुख दुनियाँलाल यादव, गा.पा अध्यक्ष दयानन्द गोईत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, स्वास्थ चौकी मल्हनियाका जग्गा दाता डा.सि.एन यादव, स्वास्थ संयोजक मो. नसिम राइन, उप. संयोजक चन्दीलाल साफी, गा.पाका स्वास्थ्यकर्मी, कर्मचारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ