गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बहुमतले पारित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बहुमतले पारित हेल्थ आवाज आइतवार, २०७७ कात्तिक २ गते, १९:४५ मा प्रकाशित जनकपुर– प्रदेश २ सरकारले जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धि विधेयक बहुमतले पारित गरेको हो । जनकपुरमा रहेकोे प्रादेशिक अस्पताललाई नै बिस्तार गरी सो अवधारणा लागू गर्ने भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखी धरानको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामको गठन गरेको हो । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको विशेष पहलमा ल्याइएको प्रस्ताव बहुमतले पारित गरेपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ । जटिल प्रकृतिको रोग उपचारको लागि करिव अढाई सय किलोमिटरको दुरीमा रहेको धरान जानुपर्ने बाध्यता हट्ने बताइएको छ । धरान जस्तै उपचारको सुविधा जनकपुरमै उपलब्ध हुने प्रदेश सरकारले लक्ष्य राखेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन