२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सुत्केरीको मृत्युपछि चिकित्सक फरार, डिभाइन हेल्थ केयर अस्पताल तनाव ग्रस्त

सुत्केरीको मृत्युपछि चिकित्सक फरार, डिभाइन हेल्थ केयर अस्पताल तनाव ग्रस्त


धनुषा – लहान नगरपालिका ३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको ज्यान गएको छ । सुखीपुर नगरपालिका ९ वैशाखाकी २७ वर्षीया आरती साहको शनिबार राति शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले मृत्यु भएको हो ।

सुत्केरीको मृत्यु लगतै अस्पतालमा कायरत चिकित्सक र अन्य कर्मचारीहरु फरार भएका छन् ।

आक्रोशित मृतकका आफन्तहरु गए रातिदेखि नै डाक्टरको लापरवाहीले ज्यान गएको भन्दै प्रदर्शनमा उत्रिए पछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरुले अस्पताल प्रदर्शन र सामान्य तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।

सो महिलालाई शनिबार साँझ भर्ना गरिएको र शल्यक्रिया गर्दा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई लहानस्थित सप्तक्रृषि अस्पतालमा राखेर उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार सुत्केरी मृत्यु प्रकरणमा अहिलेसम्म अस्पतालका जिम्मेवार व्यक्ति सम्पर्कमा आएका छैनन । पिडित पक्षको लिखित उजुरी आए कारवाही प्रक्रिया अगाडी बढाउने प्रशासन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ