२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बाराको कलैयास्थित ३२ करोडको लागतमा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल बन्दै

बाराको कलैयास्थित ३२ करोडको लागतमा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल बन्दै

मन्त्री रावतले गरे शिलान्यास


धनुषा -प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले बाराको कलैयामा ५० शैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा न १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागी सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन ।

अस्पतालको शिलान्यास गर्नु हुदै मुख्यमन्त्री राउतले प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने यस अस्पतालको निर्माणमा सबैको सहयोग आबश्यक रहेको बताए।

जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवल किशोर सिहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम्मा विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य रामसहाय यादव,रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस प्रसाद साह ,ज्वाला साह , बाच्चा यादव,कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादव सहितको सहभागिता रहेको थियो ।

शिलान्यास भएका अस्पताल ७ बिघा जगामा बहुवर्षीय योजनामा रहेको यो अस्पतालका लागि ३२ करोड बजेट संघ सरकारबाट वित्तीय  हस्तान्तरण भएर आउने र समाजिक बिकास मन्त्रालयले बनाउने बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ