गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, २०:५१ मा प्रकाशित धनुषा – सिरहाको १७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई परेको आधारभूत अस्पतालमध्ये दुईवटा स्थानीय तहले मात्र अस्पतालको शिलान्यास गरेका छन् । सोमबार अस्पताल शिलान्यास गर्ने स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिका रहेको छ । धनगढीमाई नगरपालिकामा १५ शैय्या र विष्णुपुर गाउँपालिकामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको हो । यसअघि नै गोलबजार नगरपालिकाले १५ शैय्याको शिलान्यास गरिसकेका छन् भने सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाले प्राविधिक कठिनाई देखाउँदै आज अस्पताल शिलान्यास गर्न नसकिएको बताइएको छ । धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नयनपुर अस्पताल हाताभित्र धनगढीमाई नगरपालिका सिरहाका नगरप्रमुख हरिनारायण चौधरीले १५ शैय्या अस्पतालको शिलान्यास गरेका हुन् । यसअघि नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका स्थानीयहरुलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै श्रोतसाधनबाट नयनपुर स्वास्थ्य चौकीलाई अस्पताल संचालन गरिरहेको छ । संघीय सरकारको लागतमा प्रथम चरणमा आज देशभर तोकिएका ३९६ मध्ये ५ देखि १५ शैय्याको अस्पताल शिलान्यास हुने कार्यक्रम थियो । सिरहामा ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलाई १५ शैय्य र दुईवटा स्थानीय तहलाई १० शैय्याको अस्पताल परेको थियो। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने