२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने

नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने


धनुषा-धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको २० लाख, प्रदेशसभा सांसद रामसरोज यादवको १५ लाख र नगराईन नगरपालिकाको सहयोगमा गत वर्षको गंगुली आइसोलेसनलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ ।

तीनै तहको सरकार मिलेर तत्काल १५ बेडको कोभिड–१९ अस्पताल संचालन गर्ने र आवयश्कताअनुसार बेड थप्दै जाने सहमति भएको युवा नेता राजु चौधरीले बताए ।

नगराईन नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संघीय सांसद राजेन्द्र महतोको संसदीय कोषबाट २० लाख र प्रदेश सांसद राम सरोज यादवको संसदीय कोषबाट १५ लाख तथा नगराईन नगरपालिकाको कोषका लागि कार्यपालिकाबाट हुने निर्णयअनुसार रकम जम्मा गरि कोभिड–१९ उपचार सुरु हुने भएको छ ।

अस्पतालमा विभिन्न उपकरण जडान हुनुका साथै तत्काल २ बेडको भेन्टिलेटरसहितको उपचारको व्यवस्था समेत मिलाउने गरी गृहकार्य भइरहेको चौधरीले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)