२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २घरमै बसेर रामनवमी मनाउन मुख्यमन्त्री राउतको आग्रह

घरमै बसेर रामनवमी मनाउन मुख्यमन्त्री राउतको आग्रह


धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मातासँग कोरोना महामारीको अन्त्यको कामना गर्न आह्वान गरेका छन् । जानकी नवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले यस्तो आह्वान गरेका हुन् ।

उनले जानकी नवमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दिघायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।  उनले कोरोनाले विश्वमा नै त्राहिमाम मचाएकोले घरमै माता जानकीको पूजापाठ गर्न अपिल पनि गरेका छन् ।

जनकपुरस्थित जानकी मन्दिरले हरेक वर्ष भव्यताका साथ जानकी नवमी मनाउदै आएको थियो । तर कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकाले कार्यक्रम प्रभावित बनेको छ । गत वर्ष पनि जानकी नवमी प्रभावित भएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ