२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने

उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने


धनुषा – उद्योगपति, तत्कालिन संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पवन सारडाले सिरहाको लहानमा चाहिने जति अक्सिजन सिलिन्डर र औषधी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा लहान नगरपालिकाको अनुरोधमा २५ वटा सिलिन्डर सहयोग गरेका छन् ।

उद्योगपति सारडाले भने,‘यस क्षेत्रका सांसद प्रदीप गिरीले संकटमा सबै मिलेर सहयोग गर्नुपर्ने अनुरोध गर्नुभएको छ । उहाँको आग्रहमा गत वर्षपनि सारडा र मुरारका परिवारले २ सय क्वीन्टल चामल राहत वितरण गर्न सहयोग गरेको थियो ।’

आफू भौतिक रुपमा उपस्थित नभएपनि माग अनुसार सक्दो औषधी र आइसोलेसन सेन्टरमा सिलिन्डर सहयोग गर्न तयार रहेको उनले बताए ।कोरोना संक्रमणको जोखिम घटाउन आफुले सधै सहयोग गर्न तत्पर रहेको उनले सुनाए । सारडाका लहानकै वासिन्दा हुन् । अहिले उनी विराटनगरमा बसाइ सरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)