२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू

दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू


धनुषा-प्राविधिक समस्याका कारण केही दिनदेखि बन्द रहेको सिरहा अस्पतालमा अक्सिजन प्लान्ट सुचारु भएको छ ।

स्थानीय दुई इन्जिनियरले अग्रसरता देखाएपछि बन्द रहेको अक्सिजन प्लान्ट सुचारु भएको हो । बत्तीको फेजलगायत अन्य प्राविधिक समस्याका कारण अस्पतालका दुई अक्सिजन प्लान्ट बन्द रहेका थिए ।

इन्जिनियर विवेक कर्ण र गंगा शाहको पहलमा उक्त प्लान्ट सुचारु भएको हो । उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी समक्ष कुरा राखेर नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रको सहयोगमा उक्त प्लान्ट सुचारु गरेका छन् ।

मर्मतमा लागेका इन्जिनियर कर्णकाअनुसार अस्पतालमा बिग्रिएको जेनेरेटरसमेत मर्मत गरिएको छ । अब अस्पतालमा अक्सिजनको समस्या नहुने उनले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)