२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषामा एक शिक्षकको कोभिड–१९ संक्रमणबाट मृत्यु

धनुषामा एक शिक्षकको कोभिड–१९ संक्रमणबाट मृत्यु


जनकपुर-धनुषाको बटेश्वर गाउँपालिकामा कोभिड–१९ संक्रमणबाट एकजना शिक्षकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका–३ का ३७ वर्षीय युवकको कोभिड–१९ संक्रमणबाट गएराति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

जनकपुर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ती युवक बटेश्वर गाउँपालिका–४ राम्रो चोकस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक थिए ।

लामो समयदेखि मिर्गौला रोगले पीडित ती युवकलाई केहिदिन अघि कोभिड–१९ संक्रमण भएर अवस्था सिकिस्त भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ