२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ इशनाथमा २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष

इशनाथमा २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष


धनुषा–नयाँ भेरियन्टसहितको कोभिड–१९ दोस्रो लहर नियन्त्रणका लागि रौतहटका एक स्थानीय तहले आफनै लगानीमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरेको छ । रौतहटको इशनाथ नगरपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष संचालनमा ल्याएको छ ।

नगरपालिकाले आफ्नै लगानीमा अक्सिजनसहितको २० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । इशनाथ नगरपालिकाले स्वास्थ्य चौकी डुमरीयामा २० बेडको आइसोलेसन कक्ष तयार गरेको नगर प्रमुख सन्तोष मेहताले बताए ।

कोभिड–१९ संक्रमितको औषधी उपचारका लागि नगरका लागि स्वास्थ्य चौकी डुमरीयामा अक्सिजनसहितको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

नगरपालिका भित्रका कुनै पनि व्यक्ति कोभिड–१९ संक्रमित भएमा उक्त आइसोलेसनमै राखेर उपचार गरिनेछ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ