२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सरकारी अस्पतालमा आवश्यक कोभिड-१९ संक्रमितलाई रेम्डेसिभिर निःशुल्क

सरकारी अस्पतालमा आवश्यक कोभिड-१९ संक्रमितलाई रेम्डेसिभिर निःशुल्क


जनकपुर-सिरहा जिल्लाका सरकारी अस्पतालहरुमा उपचाररत कोभिड–१९ संक्रमितलाई आवश्यक परेमा निःशुल्क रेम्डेसिभिर दिइने भएको छ । शनिबार बसेको सिरहा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) बैठकले यस्तो निर्णय गरेको हो ।

निजी अस्पतालमा उपचाररत कोभिडका बिरामीले भने सरकारले तोकेअनुसारको ४९ सय रकम मात्र तिर्नुपर्नेछ । जिल्ला अस्पताल र लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल गरी दुई सरकारी अस्पताल र फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जनहामा कोभिडका बिरामीको उपचार हुँदै आएको छ ।

डिसीसीएमसीको निर्णयअनुसार जिल्ला अस्पताल र रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालले बिरामीको नाम र विवरण खुलाई माग गरेमा रेम्डेसिभिर निःशुल्क उपलब्ध गराइने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए ।

निजी अस्पतालको हकमा भने रेम्डेसिभिर बिरामीको नाम किटान गरी सो औषधि दिनुपर्ने अवस्था प्रमाणित हुने कागजातको आधारमा सरकारले तोकेको मूल्य प्रतिभाइल ४९ सय संकलन गरी जिल्ला प्रशासन कार्यालयको कोभिड कोषमा जम्मा गर्नुपर्नेछ ।

निजी अस्पतालको बिरामीसँग रेम्डेसिभिर बापत लिइने उक्त रकम कोभिड नियन्त्रणमै खर्च गरिने सिरहाका प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।

सिरहामा स्वास्थ्य सेवा विभागबाट ९० थान रेम्डेसिभिर र १० थान खाली अक्सिजन सिलिण्डर आइपुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ