२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरका युवाहरु नै गर्छन् कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापन

जनकपुरका युवाहरु नै गर्छन् कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापन


धनुषा–प्रादेशिक अस्पताल जनकपुरमा शनिबार एक कोभिड–१९ संक्रमितको भयो । लक्ष्मीनियाँ गाउँपालिका घर भएका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका छोराले बुवाको दाहसंस्कारका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग गुहार माग्न जिल्ला प्रशासन कार्यालय पुगे । तर, शनिबार भएका कारण कार्यालयमा कोही भेटिएनन् । प्रजिअ बाँस्तोलालाई पटक–पटक फोन गर्दा रिसिभ भएन् । प्रशासनको सहयोग नपाएपछि उनले जनकपुरका युवाहरुलाई गुहारेपछि शव व्यवस्थापन गरिएको छ ।

युवा नेता राकेशबिक्रम साह नेतृत्वमा युवाहरुले मृतकको शव व्यवस्थापन गरेका हुन् । पीपीई लगाएर स्वास्थ्य मापदण्डको पालना गरी शव व्यवस्थापन गरिएको छ । यसअघि पनि कोभिड–१९ बाट एक मृतकको शव जनकपुरका युवाहरुले नै व्यवस्थापन गरेका थिए ।

सरकारले शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ । तर, धनुषाका प्रजिअ बाँस्तोलाले बेवास्ता गरेपछि शव व्यवस्थापन गर्न समस्या भइरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार प्रजिअ बाँस्तोलाले कोभिड–१९ मृत्यु भएपछि नेपाली सेनाले खबर पाउने सिस्टम नै बनाएका छैनन् । सोही कारण समस्या भइरहेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ