२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाका कोभिड अस्पतालमा डाक्टर, नर्स र बेडको विवरण देखिने गरी टाँस्नुपर्ने

सिरहाका कोभिड अस्पतालमा डाक्टर, नर्स र बेडको विवरण देखिने गरी टाँस्नुपर्ने


धनुषा–जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका कोभिड–१९ का बिरामी उपचार गर्ने अस्पताललाई ड्युटीमा रहने डाक्टर, नर्स र बेड संख्या सबैले देख्ने गरी टाँस्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल एम्बुलेन्स चालकको नम्बर पनि सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

अस्पतालमा ड्युटीमा रहेका डाक्टर, नर्स र बेड संख्या थाहा नपाएर बिरामी र कुरुवा समस्यामा पर्ने गरेकाले सबैले देख्ने ठाउँमा टाँस्न निर्देशन दिएको उनले बताए ।

यस्तै, कँडेलले जिल्ला प्रशासनले कोभिड कोषबाट डिस्पेन्सर खरिद गरी विभिन्न कार्यलयहरुलाई वितरण गर्ने निर्णय समेत गरेको बताए ।

सिरहा नगरपालिकालाई ६ थान, स्वास्थ्य कार्यालयलाई १ थान, शेर गण चोहर्वा र मातहतलाई ३ थान, जिल्ला प्रहरी कार्यालय र मातहतलाई ६ थान, सशस्त्र प्रहरी बल सिरहा र मातहतलाई ९ थान, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयलाई १ थान र जिल्ला प्रशासन कार्यालयलाई ६ थान अटोमेटिक स्यानीटाइजर डिस्पेन्सर वितरण गरिनेछ ।

यस्तै, नेपाल रेडक्रस सोसाइटीले सिरहा अस्पताललाई दिएको स. १ च. ३७६ नम्वरको एम्बुलेन्स तत्कालै मर्मत गराएर शव वाहनको रुपमा प्रयोग गरिनेछ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ