२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा, २० जेठसम्म कायम रहने

महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा, २० जेठसम्म कायम रहने


धनुषा–महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । १ जेठदेखि १० जेठ मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको निषेधाज्ञा अवधि सकिनै लागेका बेला जिल्ला प्रशासन कार्यालय महोत्तरीले २० जेठ मध्यरातसम्मका निषेधाज्ञा लम्बाइएको हो ।

यसअघि गत २२ देखि ३१ बैशाखसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । १ जेठमा दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिदैंछ । तेस्रो पटक जारी निषेधाज्ञा २० जेठमध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने, घुमफिर, भेला र जमघट गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुन दिइनेछ ।

जिल्लामा कोभिड–१९ संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिवास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । यसैगरी, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल र गौशालाको इमलीबजारसहित तीन ठाउँ अक्सिजन सुविधासहितको आइसोलेसन कक्ष सञ्चालनमा छन् ।

जिल्लामा आइतबारसम्म १४ बैशाखदेखि ९ जेठसमम कोभिड–१९ संक्रमणबाट ५५ जनाको ज्यान गइसकेको छ । यस अवधिमा एक हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये एक हजार ४७५ जनामा सक्रिय संक्रमित रहेको कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ