२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

नारायणी अस्पतालमा थप पाँच संक्रमितको मृत्यु


धनुषा – कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्सा र बाराका दुई-दुई जना र सर्लाहीका एक जना छन् ।

यस्तै, वीरगञ्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड र निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले वताए । नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि दुईदिनपछि अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार उनको मृत्यु भएको  हो ।

बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ ।

बाराका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएको कोभिड संयोजक दासले बताए ।

सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ