२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहा अस्पतालमा कोभिड–१९ का बिरामी र कुरुवालाई निःशुल्क खाना

सिरहा अस्पतालमा कोभिड–१९ का बिरामी र कुरुवालाई निःशुल्क खाना


धनुषा–सिरहा अस्पतालमा उपचाररत कोभिड–१९ का बिरामी र कुरुवाहरुलाई स्थानीय समाजसेवीले निःशुल्क खाना खुवाउन सुरु गरेका छन् । समाजसेवी सन्तोष अग्रवालले निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् ।

अस्पतालमा उपचाररत बिरामी र कुरुवा सबैलाई दैनिक रुपमा निःशुल्क खाना खुवाउने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए ।

‘अग्रवालले आफ्ना बुवा स्वर्गी भागीरथप्रसाद र काका स्वर्गीय मुरलीप्रसादको स्मृतिमा निःशुल्क खाना खुवाउन सुरु गरेका छन्’, प्रजिअ कँडेलले भने, ‘उहाँले अस्पतालमा उपचार गराउन आउने कोभिड–१९ का सबै विरामी र कुरुवालाई महामारी अन्त्य नभएसम्म खुवाउनुहुन्छ ।’

अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारका लागि ५० बेड छुट्याएको छ । अहिले त्यहाँ १७ जना कोभिड–१९ संक्रमित उपचाररत छन् ।

उनीहरुसँग एक-एक जना कुरुवा समेत रहेका छन् । अग्रवाल औषधी व्यवसायी र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य हुन् । उनले यसअघि पनि अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ