गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगञ्जमा किटको अभाव भएपछि कोभिड–१९ परीक्षण बन्द वीरगञ्जमा किटको अभाव भएपछि कोभिड–१९ परीक्षण बन्द हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, १२:०१ मा प्रकाशित धनुषा–लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शंकराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ । दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेका छन् । तर, किटको अभावमा कोभिड–१९ परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले बताए । ‘किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ,’ उनले भने । कोभिड–१९ को लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ, त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको उनले जानकारी दिए । महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख विजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए । सो हेल्थ डेस्कमा स्वाब संकलन समेत बन्द छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री