२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड–१९ बाट सप्तरीमा एकैदिन ६ जनाको मृत्यु

कोभिड–१९ बाट सप्तरीमा एकैदिन ६ जनाको मृत्यु


धनुषा–सप्तरीमा एकैदिन एक महिलासहित ६ जना कोभिड–१९ संक्रमितको मृत्युु भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तीन जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल अस्पताल र विराट अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सप्तरीमा एकैदिन ६ जनाको मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।

उनकाअनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ का ५० वर्षीय पुरुष, सुरुङगा नगरपालिका–११ का ७५ वर्षीय पुरुष, कञ्चनरुप नगरपालिका–४ का ४६ वर्षीय पुरुषको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्युु भएको हो ।

त्यस्तै, विराट, विपी र नोबेलमा राजविराज नगरपालिका–१ का ६८ वर्षीय पुरुष, महदेवा गाउँपालिका–३ का ७२ वर्षीया महिला र राजविराज नगरपालिका–९ का ७० वर्षीय संक्रमित पुरुषको मृत्युु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोभिड–१९ संक्रमणबाट दोस्रो लहरमा मृत्युु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ