२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पूर्व स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘कोभिड–१९ नियन्त्रणका लागि एकीकृत अभियान चलाऔं’

पूर्व स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘कोभिड–१९ नियन्त्रणका लागि एकीकृत अभियान चलाऔं’


धनुषा–महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि एकीकृत अभियान संचालन गर्न जुट्नुपर्ने सुझाव दिएका छन् ।

पोखरेलले भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरु नरोकिएकोले संक्रमण पनि समुदायमा बढ्दै गएको परिवेशमा स्थानीय सरकारले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न पहल लिनुपर्ने बताए ।

‘अहिले जनस्वास्थ्यको मापदण्डलाई कडाइपूर्वक पालना गरिएन भने स्थिति भयावह हुनसक्छ,’ नेता पोखरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अझै पनि हाटबजार बन्द नभएको, पसल खोलिएको, बिहेवारीमा भिड नियन्त्रण नभइरहेको, स्वास्थ्य मापदण्ड पालना नभएको कारण यसले थप विकराल रुप लिन सक्नेछ ।’

यतिखेर सरकार, राजनैतिक दल, नागरिक समाज, वुद्धिजीवी, व्यापारी, पत्रकार, युवा सबै मिलेर सर्वपक्षीय र सर्वदलीय संयन्त्र बनाए कोभिड–१९ महामारी नियन्त्रणमा जुट्न उनले सबैमा अपिल गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ