२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग


धनुषा – आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ जनकपुरधामले नेपाल पत्रकार महासंघ सिरहा शाखा अन्तर्गत क्रियाशिल रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर बढ्दो संक्रमणको बेला अग्रमोर्चामा रहेर काम गर्ने क्रियाशिल पत्रकारहरूा लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले प्रदान गरेका स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले बुझेका छन् ।

सर्जिकल मास्क, एन–९५ मास्क , सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड लगायतका सामाग्री रहेको अध्यक्ष बनैताले बताए । सिरहा शाखाले उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव र कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपालको अगुवाईमा सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री वितरण गर्न थालिएको अध्यक्ष बनैताले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)