२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मणिपाल कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा

मणिपाल कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा


जनकपुर–प्रदेश २ सरकारले संचालन गर्न लागेको मणिपाल विशेष कोभिड–१९ अस्पतालको कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणका लागि टेण्डर भएर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने आवश्यक जनशक्तिको छनोट पनि भइसकेको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अस्पताल संचालन गर्न निर्देशन दिदैं आवश्यक सहयोगको लागि विज्ञ समिति समेत गठन गरेका छन् ।

जनकपुरधाममा समाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको वैठकले उक्त अस्पताल संचालन गर्न सबै तयारीहरु सक्ने निर्णय गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादव, प्रादेशिक अस्पतालका मे.सु. डा. प्रमोदकुमार यादव लगाायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ