२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा पाँचौपटक निषेधाज्ञाको अवधि थप, जेठ २० गतेसम्म निषेधाज्ञा कायम

पर्सामा पाँचौपटक निषेधाज्ञाको अवधि थप, जेठ २० गतेसम्म निषेधाज्ञा कायम


धनुषा – पर्सा जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गरिएको छ । १६ वैशाख देखि जिल्लामा जारी निषेधाज्ञालाई बिहिबार पाँचौंपटकको लागि थप गरिएको हो ।

जेठ २० गते राती १२ बजे सम्म पर्सा जिल्लामा निषेधाज्ञा कायम रहने भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रजिअ घिमिरेले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)