२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ सरकारलाई एक सय थान अक्सिजन सिलिण्डर सहयोग

प्रदेश २ सरकारलाई एक सय थान अक्सिजन सिलिण्डर सहयोग


धनुषा–वर्ल्ड  भिजन नेपालले कोभिड–१९ महामारीसँग जुध्न प्रदेश सरकारलाई १ सय थान अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार संस्थाका प्रतिनिधिहरु मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

पहिलो चरणको लागि भन्दै संस्थाले अक्सिजन सिलिण्डर १ सय थान, अक्सिमिटर १ सय थान, पीपीई सेट १ सय थान, थर्मल गन १ सय थान र अक्सिजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरेको छ ।

त्यसैगरी, प्रदेशअन्तर्गतका महोत्तरी, सर्लाही र रौतटहलाई शुक्रबार नै प्रति जिल्ला ७० अक्सिजन सिलिण्डर, ७० थान अक्सिमिटर, ७० थान पीपीई सेट, ७० थान थर्मल गन र १ थान अक्सिजन कन्सनट्रेटर बुझाउने तथा धनुषालाई अर्को साता अक्सिजन सिलिण्डर १ सय थान तथा पीपीई ५० थान हस्तान्तरण गर्ने प्रतिवद्धता समेत जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ