२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड-१९ नियन्त्रणबारे मुख्यमन्त्री राउतले गरे आठवटै जिल्लाका सिडिओसँग छलफल

कोभिड-१९ नियन्त्रणबारे मुख्यमन्त्री राउतले गरे आठवटै जिल्लाका सिडिओसँग छलफल


धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको भर्चुअल संवादमा मुख्यमन्त्री राउतले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र आगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरु बारे जानकारी दिए  ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था, अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्गपछि मुख्यमन्त्री राउतले जिल्लाहरुबाट भएको मागहरुबारे प्रादेशिक कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जनाए । बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडी सहित सरोकारवाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ