२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरधाममा पिसिआर परीक्षणका लागि घरदैलो

जनकपुरधाममा पिसिआर परीक्षणका लागि घरदैलो

सबै बडामा परीक्षण गर्ने


धनुषा–२१ बैशाखदेखि धनुषामा जारी निषेधाज्ञाका लगाएपनि कोभिड–१९ संक्रमित बिरामीहरुको संख्यामा दिनानुदिन बढन थालेपछि जनकपुरधाम उपमहागरपालिकाले निःशुल्क पिसिआर परीक्षणका लागि १३ जेठदेखि स्वाब संकलन गर्न घरदैलो अभियान सुरु गरेको छ ।

प्रादेशिक प्रयोगशाला जनकपुर र स्वास्थ्य कार्यालय धनुषाको समन्वयमा जनकपुरधाम उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन १३ जेठमा वडा नम्बर ४ र ५ बाट पीसीआर परीक्षण गर्ने अभियानको सुरुवात गरिएको हो ।

वडा नम्बर ४ का लागि विद्यापति चौकस्थित दुर्गा मन्दिरको परिसरमा र कटैया चौरीस्थित ज्ञान ज्योति स्कुल तथा वडा नम्बर ५ का लागि महावीर चौकस्थित संकटमोचन माध्यमिक विद्यालयमा स्वाब संकलन गरिएको छ ।

वडा नम्बर ४ र ५ पश्चात नियमित दैनिक रुपमा उपमहानगरपालिकाको अन्य वडाहरुमा स्वाब संकलन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खड्काले बताए ।

अधिकृत खड्काका अनुसार १४ जेठमा वडा नम्बर ६, ७, ८ को वडा कार्यालय भवनमा १५ जेठमा वडा नम्बर ९, १०, ११ को वडा भवनमा, १६ जेठमा वडा नम्बर १, २, ३ को वडा भवनमा, १७ जेठमा वडा नम्बर १५, १२ र २० मा बिहान ८ बजेदेखि १२ बजेसम्म स्वाब संकलन हुने भएको छ ।

त्यसैगरी १८ जेठमा वडा नम्बर १३, १४, १९ को वडा भवन, १९ जेठमा वडा नम्बर १६, १७, १८ को वडा भवन कार्यालयमा, २० जेठमा २१, २२, २३ को वडा भवन कार्यालयमा र २१ जेठमा वडा नम्बर २४ र २५ को वडा भवन कार्यालयमा स्वाब संकलन हुने भएको छ ।

ज्वरो, रुघा खोकी लागेका तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका शंकास्पद व्यक्तिलाई निःशुल्क पिसिआर चेकजाँचका लागि स्वाब संकलन गराउन आ–आफ्नो वडाको तोकिएको मिति तथा स्थान उपस्थित हुन उपमहानगरपालिका मेयर लालकिशोर साहले नगरवासीसँग आग्रह गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ महामारीसँग जुध्ने तयारीस्वरुप गोपाल धर्मशालामा सुविधा सम्पन्न आइसालेसन संचालन गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई खाना, औषधीसहित चिकित्सकीय परामर्श घरदैलोमै दिदैं आएको मेयर साहले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ