२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहामा थप ६ जना संक्रमितको मृत्यु

सिरहामा थप ६ जना संक्रमितको मृत्यु


धनुषा – कोभिड-१९ संक्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । संक्रमण भई विभिन्न अस्पतालमा उपचाररत ५ पुरुष र एक महिला सहित ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यलाय सिरहाले जनाएको हो ।

मृत्यु हुनेहरुमा सिरहा नगरपालिका ५ का ४६ वर्षीय  पुरुषको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

त्यसैगरी, कल्याणपुर ७ का ४९ वर्षीय र लहान २२ का ५४ वर्षीय पुरुष र ४० वर्षीया महिला रहेका छन । धनगढीमाइ १० का ६० वर्षीय  पुरुषको उपचारको क्रममा विराटनगरमा र मिर्चैया ११ का ५३ वर्षीय  पुरुषको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको बताइएको छ ।

दोस्रो लहरमा जिल्लामा सिरहामा ६५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)