२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड-१९बाट निधन पत्रकार सदाको परिवारलाई विदेशबाट युवाहरुले गरे आर्थिक सहयोग

कोभिड-१९बाट निधन पत्रकार सदाको परिवारलाई विदेशबाट युवाहरुले गरे आर्थिक सहयोग


धनुषा – कोरोना महामारीको चपेटामा परेर मृत्यु भएका सिरहाको गोलबजार नगरपालिकाका पत्रकार तथा समाजिक अभियन्ता गुरुशरण सदाका परिवारलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

खाडी मुलुक साउदीको जुबेल एरिया कैम्प मरजानस्थित नासर अल हाजरी कम्पनीमा कार्यरत नेपाली युवाहरुको समुहले उनका परिवारलाई ७२ हजार ३ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।

सो रकम पत्रकार तथा मगही भाषा अभियन्ता फुलगेन महतोले मृतक सदायका श्रीमति शान्ति सदालाई हस्तान्तरण गरेको हो ।

यसअघि समेत फुलगेन मगहीले सदा परिवारलाई समाजिक संजालको माध्यबाट ४९ हजार ३ सय २७ रुपैयाँ चन्दा संकलन गरी सहयोग गरेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)