२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ

सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ


धनुषा – आफूलाई संचारकर्मी भन्न रुचाउने २४ वर्षीय सौरभ साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर गरेको अभियोगमा पर्सा प्रहरीले वीरगंजबाट साहलाई पक्राउ गरेको हो।

नगर क्षेत्रमा रहेका विभिन्न अस्पतालमा, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक म्यासेन्जरमार्फत पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाएको साहलाई अभियोग लागेको छ ।

सेवामा संलग्न व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरित क्रियाकलाप गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

पक्राउ परेका साहलाई मुलुकी अपराध संहिता, २०७४अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा बुधबार अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ