२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रामगोपालपुरमा ५० शैय्याको कोभिड–१९ अस्पताल सञ्चालनमा, संक्रमितको निःशुल्क उपचार हुने

रामगोपालपुरमा ५० शैय्याको कोभिड–१९ अस्पताल सञ्चालनमा, संक्रमितको निःशुल्क उपचार हुने

प्रदेश २ का जिल्लामा ६४ वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रीको भनाइ


धनुषा–कोभिड–१९ का बिरामीलाई निःशुल्कमा उपचार गर्नका लागि महोत्तरीको रामगोपालपुरमा अत्याधुनिक प्रविधीयुक्त कोभिड अस्पताल संचालनमा ल्याइएको छ । महोत्तरीको रामगोपालपुर–९ पर्सादेवाडमा निर्माणाधीन जानकी एकेडेमी हस्पिटलको भवनमा सुविधासम्पन्न ५० वेड क्षमता भएको कोभिड अस्पताल संचालनमा आएको हो ।

अस्पतालको प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गर्दै कोभिड–१९ को कहरबाट जनतालाई बचाउनका लागि प्रदेश सरकार हरपल तयार रहेको बताए ।

८ वटै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य लिएकोमा हाल ५ वटा जिल्ला अस्पतालले संचालनमा ल्याउने क्रममा रहेकोे र वाँकी रहेको ३ वटा जिल्ला अस्पताल अर्थ मन्त्रालयको नीति नियमको कारण समयमै जडान गर्न नसकेको मन्त्री साहले बताए । उनले प्रदेशको ८ वटा जिल्लाहरुमा ६४ वटा भेन्टिलेट र १ वटाको दरले कोभिड–१९ परीक्षण गर्ने पिसिआर मेसिन जडान गरिएको जानकारी दिए ।

‘प्रदेश सरकारको मातहतमा जिल्ला अस्पताल आएपछि क्रमिक रुपमा सुृधार हुँदै गएको छ । ३ वर्ष पहिले दुर्गन्धका कारण नाक थुनेर बस्नुपर्ने बाध्यता रहेको अस्पतालहरु अहिले व्यवस्थित एवं प्रविधीमैत्री बन्दै गएको छ,’ मन्त्री साहले दावी गरे ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले सरकार पूर्ण रुपमा मानव स्वास्थ्य रक्षार्थ खटिरहेको बताए । उनले प्रदेश नं. २ मा कोभिड–१९ का बिरामीको संख्या अहिले घटदो रुपमा रहेको बताए ।
कार्यक्रममा प्रदेश सभासदस्य भरतप्रसाद साहले यस्ता सुविधासम्पन्न अस्पताल हरेक ठाउँमा स्थानमा संचालन गर्ने वातावरण निर्माण गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गरे ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनरा, रामगोपालपुर औरही तथा सोनमा गाँउपालिकाका प्रतिनिधी एवं कर्मचारीहरुको सहभागी रहेको थियो । क्षेत्र नंं ४ का प्रतिनिधीसभा सदस्य डा. सुरेन्द्र यादवको संसदीय विकासको कोषको रकम र ५ वटै पालिकाको आर्थिक सहयोगमा सो अस्पताल संचालनमा ल्याइएको हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ