२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगंज महानगरद्वारा स्वास्थ्य संस्थाको अनुगमन, सेवा शुल्क पारदर्शी बनाउन निर्देशन

वीरगंज महानगरद्वारा स्वास्थ्य संस्थाको अनुगमन, सेवा शुल्क पारदर्शी बनाउन निर्देशन


धनुषा–पर्साको वीरगंज महानगरपालिकाले वीरगंजमा सञ्चालित अस्पताल, औषधी पसल र प्रयोगशालाहरुको अनुगमन सुरु गरेको छ । वीरगंज महानगरपालिकाले निर्माण गरेको स्वास्थ्य कार्यविधिअन्तर्गत निर्माण भएको अनुगमन समितिले अनुगमन सुरु गरेको हो ।

अनुगमनको पहिलो दिन समितिले वीरगंजको भवानी हस्पिटल र आशााराम हस्पिटलको अनुगमन गरेको महानगरको स्वास्थ्य महाशाखाका रितेश जयसवालले बताए ।

समितिले बुधवार वीरगंजको तराई र एएमसी अस्पताल निरिक्षण गरेको थियो । बिहिवार समितिल वीरगजको अली हस्पिटल र मेट्रोसिटी अस्पतालसहित केही औषधी पसलको समेत अनुगमन गरेको वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख अरुणकुमार महतोले बताए ।

महतोको नेतृत्वमा गएको टोलीले अस्पतालले दिने सेवा र लिने शुल्कको बारेमा अनुगमन गरेको थियो । अनुगमन टोलीले तीन दिन भित्र आफनो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार तथा लागत रकमको शीर्षकसहितकोे मुल्यसूची आफ्नो संस्थाको सूचना पाटीमा राख्न निर्देशन दिएको छ ।

महाशाखाका प्रमुख अरुण महतोले महानगरले दिएको निर्देशनलाई पालना नगरिए कारवाही गर्ने बताए । उनले मुनाफा आर्जन गर्ने उद्धेश्यले मापदण्ड पूरा नगरी अस्पताल संचालन भएको पाइएको बताए । इजाजत नलिएका, इजाजत भएपनि नवीकरण नगरी संचालनमा रहेका अस्पतालहरुलाई कारवाही गरिने उनले जानकारी दिए ।

अस्पतालले दिने सेवा सुविधाको शुल्क सूचना पाटीमा टाँस गर्न, नागरिक वडा पत्र राख्न, सूचना अधिकारीको सार्वजनिक बोर्ड झुण्डयाउन अनुगमनको क्रममा ४८ घण्टे निर्देशन दिइएको बताउँदै अर्को पटकको अनुगमनमा कार्यान्वयन नभएको पाइएमा कारवाही गरिने महतोले बताए । उनले अनुगमन कार्यलाई ठोस र परिणममुखी बनाइने दावी गरे ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ