२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेशको स्वास्थ्यमन्त्रीमा एमालेका शत्रुधन सिंह

मधेशको स्वास्थ्यमन्त्रीमा एमालेका शत्रुधन सिंह


जनकपुर—मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् गठन गदैं सिंहलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएलगतै सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । जसमा स्वास्थ्यमन्त्री सिंहसहित एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी र खेलकूद तथा समाजकल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।

माओवादीबाट अर्थमन्त्री भरत साह, उधोग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई, नेकपा एसबाट भूमी व्यवस्था तथा कृषि मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उर्जा तथा सिचाइमन्त्रीमा बेची लुंगेली नेपाल समाजवादी पार्टीबाट गृह, संचार तथा कानुनमन्त्रीमा विमला अन्सारी तरुनम बनेका छन् ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट श्रम तथा यातायातमन्त्री उर्मिलादेवी सिंह बनेकी छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ