२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’


चितवन – चितवनमा कोरोना परीक्षण गरिएको मध्ये ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गएको सोमबार भएको परीक्षणमा जिल्ला बाहिर तथा भारतबाट समेत खैरहनी प्रवेश गरेका ८३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

पुर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालय र चर्चमा बनाइएको क्वारेनटाइन बस्दै आएका उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए ।

उनका अनुसार क्वारेनटाइनमा बस्नेहरूलाई नगरपालिकाले खानासहितको उपलब्ध गराउँदै आएको छ । खैरहनीमा अहिले ५१ जना क्वारेनटाइनमा रहेका छन् भने सोमबार मात्रै १६ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको जनाएको छ ।

क्वारेनटाइनमा बसेकाहरुको अवधि पुरा भएपछि नगरपालिका आफैंले स्वाब संकलन गरी भरतपुरस्थित कोरोना प्रयोगशाला पठाउदै आएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ