२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशलकडाउन खुकुलो भएसँगै चितवनमा कोरोना संक्रमितको संख्या बढ्यो

लकडाउन खुकुलो भएसँगै चितवनमा कोरोना संक्रमितको संख्या बढ्यो


चितवन – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सन्त्रासका कारण देश यति बेेेला लकडाउनमा छ । चीनको वुहान बाटसुरु भएको कोरोनाको सन्त्रास विश्वभर फैलिए पछि सरकारले यसबाट बच्न र थप सतकर्ता अपनाउन भन्दै गत चैत ११ गते देखि देशभर लकडाउनको घोषणा गर्‍यो ।

झन्डै ८० दिनसम्म लामो लकडाउन गरेको सरकारले अर्थतन्त्रमा असर पर्ने देखिएपछि लकडाउनलाई थप खुकुलो बनाउने तयारीमा सरकार जुटको छ । जसमा असार एक गते देखि निजि सवारी साधनलाई खुल्ला गर्ने निर्णयमा सरकार लागी पर्‍यो । देशभरको जनजीवनलाई सामान्य बनाउने भन्दै सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरे संँगै कोरोना संक्रमितहरुको संख्या झनझन बढ्दो अवस्थामा रहेको छ ।

असार एक गतेबाट परिमार्जन गरिएको लकडाउनका कारण सडकमा बढेको चाप, मानिसहरुको भीडभाड, अस्तव्यस्त बजार, अपर्याप्त परीक्षण, परीक्षणको रिपोर्ट ढिलो आउनु , पोजेटिभ रिपोर्ट आएकाहरुको सम्पर्क नम्बर स्विच अफ हुनु, सम्पर्कमा नआउनु, कन्ट्याक्ट ट्रेसिङ ढिलो हुनु, भौतिक दुरी कायम नगरिनु, मास्कको प्रयोग नहुनु, गलत आँकडा लगायतका कारणले समेत कोरोना संक्रमितको जोखिम अत्याधिक बढेको यहाँका सरोकारवालाहरुले बताएका छन् ।

संक्रमितको संख्या ८२ पुग्यो

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पहिलोपटक चितवनमा वैशाख ५ गते कोरोना संक्रमित देखा परेको थियो । बेलायतबाट नेपाल आएका राप्ती नगरपालिका ८ का आमा छोरामा कोरोना संक्रमण पुष्टि भएसंँगै उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

त्यसपछि कोरोना संक्रमितहरुको संख्या बढ्दै शनिबारसम्म ८२ पुगेको छ । जस्मा निको भइ डिस्चार्ज हुनेको संख्या २९ र ५१ जना उपचाररत रहेका छन्। त्यस्तै, दुई जनाले उपचारकै क्रम्मा ज्यान गुमाइसकेका छन् ।

तीमध्ये एक जना भरतपुर महानगरपालिकाका थिए भने अर्का एक जना कैलाली गोदावरीका रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले बताए । उनका अनुसार जिल्लाको इच्छाकामना गाउँपालिका बाहेक सबै नगरपालिका र गाउँपालिकामा कोरोना संक्रमित देखापरिसकेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुरमा ४० जना कोरोना संक्रमण देखिएको छ र सबैभन्दा कम देखिएकोमा रत्ननगरमा एक जना, माडीमा २९, खैरहनी, राप्ती र कालिकामा ४/४ जनामा कोरोनाको लक्षण देखापरेको तिवारीले जानकारी दिए ।

यस्तै, स्वास्थ्य कार्यालय चितवनका अनुसार हाल ५१ जना कोरोना संक्रमितहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचाररत भइरहेको छ । कार्यालयका अनुसार भरतपुर अस्पतालमा हाल ४० जना उपचारर्त छन् । ती मध्य ३ जनालाई आइसियूमा राखिएको छ । त्यस्तै, रत्ननगरको गुञ्जमान अस्पताल मा एक जना , माडीको आइसोलेसनमा १९ जना गरी ४५ जना कोरोना संक्रमित उपचाररत अवस्थामा छन् । उपचाररत संक्रमितहरुमा चितवनका मात्रै ३१ जना, नवलपुर र नवलपरासीका ६ जना, झापा, गोर्खा र कैलालीका एक÷एक जना रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोना पुष्टि भएका मध्य ९ जनालाई समुदायस्तरमा र अन्यलाई क्वारेन्टाइनमा बस्दा कोरोना लागेको हो । क्वारेन्टाइनबाहिर संक्रमण पाइएका राप्ती र खैरहनीका एकएक जना र भरतपुरका तीन जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको समेत कार्यालयले जनाएको छ । यसअघि जेठ २६ गते क्वारेन्टाइनबाहिर रहेका चार जनामा कोरोना पोजिटिभ देखिएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ