२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन

मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन


चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्ने भएको छ । सोमबार  प्रशासनले  प्रेस विज्ञप्ती जारी गर्दै मास्क नलगाई हिंड्डडुल गरे तथा सामाजिक दुरीको पालना नगरी यात्रामा निस्किएमा ‘संक्रमक रोग ऐन २०२०’ अनुसार कारबाही गर्ने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाद्वारा जारी विज्ञप्तीमा सुचनाको बेवास्ता गरे तुरुन्तै पक्राउ गर्न सकिने जनाइएको छ । आइतबार मात्रै ‘हेल्थ आवाज’मा लकडाउन खुकुलो हुँदा चितवनमा कोरोना संक्रमित बढेको खबर सार्वजनिक भएसंँगै प्रशासनको यसतर्फ थप ध्यानाकर्षण भएको जनाइएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ