२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

चितवनमा बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै


चितवन – सरकारले आज र भोली जुकाको औषधि खुवाउने निर्णय गरेसंँगै चितवनमा पनि विभिन्न उमेरका बालबालिकाहरुलाई नि:शुल्क रुपमा औषधि खुवाएको छ  । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ६ महिना देखि पाँच वर्षसम्म उमेरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जन्मेको एक वर्ष देखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई जुकाको औषधी र  भिटामिन ‘ए’ दुवै खुवाइने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

स्वास्थ्य केन्द्रहरुमा भीडभाड गर्न नहुने भएकोले महिला स्वास्थ्य स्वयंसेविकाले आफू अनुकुल स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तिवारीले बताए । प्रमुख तिवारीका अनुसार जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका र ६ महिना देखि पाँचवर्षसम्म बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने कार्यक्रम समेत रहेको जनाइएको छ ।

अनुमानित बालबालिका ६१ हजार ८३५ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  भिटामिन ‘ए’ को कमीले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुन सक्छ । यसबाट जोगाउन भिटामिन ‘ए’ कार्यक्रमले सहयोग गरेको बताइन्छ । शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन समेत भिटामिन ‘ए’ ले सहयोग पुर्‍याउँछ ।

बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटा समेत वितरण गर्दै आएको छ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ त्यस्तै, कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि बिश्वब्यापी रुपमा फैलिएको कोरोना सन्त्रासले गर्दा यो कार्यक्रम अनिश्चित भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ