२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा थप पाँच जनामा कोरोना पुष्टि

चितवनमा थप पाँच जनामा कोरोना पुष्टि


चितवन – चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै पाँच जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको मंगलबार गरिएको परीक्षणमा २२३ नमुना मध्य ५ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा २१८ वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका वडा नम्बर २ का एक ४४ बर्षीया पुरुष, माडी नगरपालिका वडा नम्बर ६ का ४५,२४ र २६ बर्षका तीन जना पुरुष र रत्ननगर नगरपालिका ७ का २५ बर्षीया एक महिला रहेका छन् । उनीहरुलाइ अहिले माडी र रत्ननगरको क्वारेन्टाइनमा राखिएको छ ।

क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ