२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभरतपुर अस्पताललाई १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग

भरतपुर अस्पताललाई १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग


चितवन – चितवनको भरतपुर अस्पताललाई तीन सय थान पीपीईसहित दस लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान भएको छ । बुधबार नेदरल्यान्डको मिडोरा नेपाल हेल्थ फाउन्डेसन अन्तर्गतको कम्युनिटी हेल्प सेन्टर, नेपाल गैंरसरकारी संस्थाले अस्पताललाइ दश लाख मूल्य बराबरको सहयोग हस्तान्तरण गरेको हो ।

अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच भरतपुुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र मेडिकल सुपरीटेन्डेन्ट डा. श्री राम तिवारीलाई संस्थाका अध्यक्ष केशव पाण्डेले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पाण्डेका अनुसार संस्थाले तीन सय थान पीपीई, २ हजार थान फेस मास्क, ५० प्याकेट ग्लोब्स, ५ थान थर्मल गन लगायत ११ प्रकारका स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पाण्डेले कोरोना जोखिम न्यूनीकरण र स्वास्थ्यकर्मीलाई उच्च मनोबल प्रदान गर्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । ‘कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको समयमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई लक्षित गर्दै भरतपुर अस्पताललाई आज केही सहयोग हस्तान्तरण गरेका छौं ।’ ,उनले भने, ‘हामीले उहाँहरुको मनोबल बढाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं।’

त्यस्तै, भरतपुर अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष डा. भोजराज अधिकारीले सीमित स्रोतसाधनबाट सञ्चालित अस्पताललाई आज प्राप्त भएको सहयोग हालसम्मकै ठूलो रहेको बताएका छन् । दातृनिकायहरुले आज हस्तान्तरण गरेको तीन सय थान उच्च गुणस्तरको पीपीईले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई काम गर्न थप उर्जा प्रदान हुने उनको विश्वास छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. श्रीराम तिवारीले पनि कोरोना जोखिम न्यूनीकरणका लागी खटिएका स्वास्थ्यकर्मीहरुलाइ बुधबार प्राप्त भएको सहयोगले अस्पताललाइ ठूलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका छन् । ‘स्वास्थ्य सामग्रीको आवश्यकता भइरहेको समयमा संस्थाले आज गरेको सहयोग अतुल्नीय छ, ‘उनले भने ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ