२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवन र गैंडाकोटमा गरेर थप ५ जनामा संक्रमण पुष्टि

चितवन र गैंडाकोटमा गरेर थप ५ जनामा संक्रमण पुष्टि


चितवन – चितवन र गैंडाकोटमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै चार जना सहित गैंडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार बुधबार २५५ जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टी भएको हो ।

त्यस्तै, परीक्षणमा २५० वटा नमुनाको नतिजा भने नेगिटिभ आएको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका १७ र १८ का ३०,३२ र ५५ वर्षका तीन जना पुरुष र कालिका नगरपालिका २ का ३८ वर्षीय एक पुरुष रहेका छन् । उनीहरुलाई अहिले भरतपुर महानगरपालिकाको क्वारेन्टाइन र जुटपानी अस्पतालमा राखिएको अधिकारीले जानकारी दिइन् ।

त्यस्तै, गैंडाकोट १३ मा ३१ वर्षीय एक पुरुषमा समेत कोरोना भाइरस संक्रमण भएको बताइएको छ । ती पुरुषलाई अहिले गैंडाकोट क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ