२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशपुरानो मेडिकल कलेजले भन्यो, ‘अवैध मृगौला प्रत्यारोपणमा हाम्रो कुनै संलग्नता छैन’

पुरानो मेडिकल कलेजले भन्यो, ‘अवैध मृगौला प्रत्यारोपणमा हाम्रो कुनै संलग्नता छैन’


चितवन – चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले अवैध मृगौला प्रत्यारोपणमा कलेजको कुनै संलग्नता नरहेको जनाएको छ । अस्पतालका निर्देशक डा. मनोहर प्रधानद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘एक वर्षअघि काठमाडौँका एक पुरुषको मृर्गाैला प्रत्यारोपण गरिएको विषयमा अनुसन्धान गर्ने भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई नियन्त्रणमा लिइएको हो  ।’

‘गत वर्षको जुलाई महिनामा काठमाडौँका श्रेष्ठ थरका ५५ वर्षीय मामालाई उनका २५ वर्षीय भाञ्जाले नाता प्रमाणित सम्बन्धित स्थानीय तहको सिफारिस सहितका कागजातका आधारमा मानव अंंग प्रत्यारोपण स्थानीय समितिको निर्णय समेतको आधारमा मृर्गौला प्रत्यारोपण गरेका हौं,  ‘डा. प्रधान भन्छन्, ‘हामीले आफूखुसी कोही कसैको मानव अङ्ग प्रत्यारोपण आजको मितिसम्म गरेका छैनौं, त्यसका विभिन्न कानुनी प्रक्रिया रहन्छन् ।’

नियन्त्रणमा परेकाहरुमाथि आवश्यक छानविनका लागि सहयोग गर्न अस्पताल तयार छ । प्रधान भन्छन्, ‘अस्पतालले प्रक्रिया र आवश्यक प्रमाणका आधारमा अगाडि बढ्ने तथ्य रहँदा रहँदै कलेज र कार्यरत चिकित्सकहरूको बदनामी गर्ने ढंगले पक्राउ गर्नु आपत्तिजनक छ ।’ ब्यूरोले गैरकानुनी रुपमा मृर्गौला प्रत्यारोपण गराएको आरोपमा पुरानो मेडिकल कलेजमा कार्यारर्त प्रा डा. राकेश बर्मा, प्रा डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्ता समेतलाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ