२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशलायन्स क्लबद्वारा भरतपुर अस्पताललाई १४०० थान भिटिएम किट सहयोग

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई १४०० थान भिटिएम किट सहयोग


चितवन – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ३ ले भरतपुर अस्पताललाई १४०० थान भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) किट प्रदान गरेको छ । भरतपुर अस्पतालमा बुधबार एक कार्यक्रमको आयोजना गरी भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई सो किट हस्तान्तरण गरिएको हो ।

किट प्राप्त गरेसँगै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले किटले ठुलो महत्व राखेको बताएका छन् । कोरोना भाइरस परीक्षणका लागि मानिसको मुख तथा नाकबाट लिइएको स्वावलाई ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएम किटको प्रयोग गरिन्छ । सो किट लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनबाट प्राप्त भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद विजय सुवेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम गर्भनर लायन राम प्रसाद भट्ट, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को(अडिनेटर हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, नवराज सापकोटा, नारायणप्रसाद शर्मा, डेपुटी को(अडिनेटर राजेन्द्र गौतम, एरिया नम्बर ३ का एरिया चिफ प्रभाकर पण्डित लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को(अडिनेटर तथा कोभिड-१९ प्रोटेक्शन चिफ सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ