२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा थप ४ जनामा कोरोना संक्रमण

चितवनमा थप ४ जनामा कोरोना संक्रमण


चितवन – चितवनमा थप चार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा सोमबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै चार जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार सोमबार गरिएको परीक्षणमा १३४ नमुना मध्य ४ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो ।

त्यस्तै, परीक्षणमा १३० वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १६,२८,२० का २२ देखी ५५ वर्ष उमेरका ४ जना पुरुष रहेका छन् । उनीहरुलाइ अहिले क्वारेन्टाइनमा राखिएको छ ।

यस सँगै  चितवनमा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ