२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा कोरोना संक्रमितको संख्या १ सय १५ नाघ्यो

चितवनमा कोरोना संक्रमितको संख्या १ सय १५ नाघ्यो


चितवन – चितवनमा कोरोना संक्रमितहरुको संख्या एक सय पन्ध्र नाघेको छ । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार शनिबारसम्म जिल्लाभर ७ हजार पाँच सय ४१ जनाको स्वाब परीक्षण हुँदा एक सय पन्ध्र जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित देखिएकामा ९९ जना पुरुष र १६ जना महिला रहेका छन् । ती मध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाभित्र रहेका छन् ।संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ५८ जना, माडी नगरपालिकामा ४१ जना, कालिका नगरपालिका र राप्ती नगरपालिका मा पाँच- पाँच जना र खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा तीन – तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु अधिकांश नेपाल बाहिरबाट आएका हुन् ।

त्यस्तै, उनीहरुमध्ये ७९ जना निको भइ घर फर्किसकेका छन् भने १६ जना उपचारकै क्रममा रहेका छन् । त्यस्तै, कोरोना संक्रमणबाट चितवनमा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय पुरुष र कैलाली गोदावरी नगरपालिकाबाट उपचारका लागि आएका अर्का ४९ वर्षीय पुरुष रहेको सुचना अधिकारी पौडेलले जानकारी दिए ।

पौडेेेलका अनुसार जिल्लाको जनसंख्या पाँच लाख ८० हजार मान्ने हो भने प्रति १० हजार जनसंख्यामा १३० जनाको आरटी पिसीआर परीक्षण भएका छन् । यता , जिल्लाको सबै नगरपालिका तथा महानगरपालिकामा कोरोना संक्रमित भेटिए पनि इच्छाकामना गाउँपालिकामा भने हालसम्म कोहि कोरोना संक्रमित भेटिएका छैनन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ