२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना विमा गरिदिने

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना विमा गरिदिने


दोलखा –  तामाकोशी गाउँपालिका दोलखाले आफ्ना नागरिकहरुलाई कोरोना विमा गरिदिने भएको छ । देशमा कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको भन्दै पालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना विमा गरिदिने निर्णय गरिएको र कार्य थालनी भइरहेको गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिएका हुन्।

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालु आर्थिक वर्षमा तामाकोशी गाउँपालिकाले कम्तिमा १२ हजार नागरिकको कोरोना विमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले बताए । गाउँपालिकाको बैठकले सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रम अन्तरर्गत रहेको ९ लाख खर्च गरेर सो संख्याको कोरोना विमा गरिदिने निर्णय गरेको हो ।

बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भएपनि सबै नागरिकहरुको विमा गरिदिने अध्यक्ष पोखरेलले जानकारी दिए । तामाकोशी गाउँपालिकामा रहेका सहकारीहरुको प्रस्तावमानै गाउँ कार्यपालिकाको बैठकले सहकारीका सदस्य भएमा सहकारीले एक सय, व्यक्तिगत एक सय र गाउँपालिकाले एक सय, नेपाल सरकारले तीन सय गरी तीन सय रुपैयाँमा एक लाखकोे विमा गरिदिने व्यवस्था गरिएको छ ।

सहकारीको सदस्य नभएमा विमा गर्न व्यक्तिले दुई सय तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले एक सय रुपैयाँ थप गरी विमा गरिदिने भएको छ । दोलखाको अन्य ८ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिए तापनि हालसम्म यस पालिकामा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन । विमा कार्यक्रमबाट नागरिकहरुले लाभ लिन सक्ने गाउँपालिकाले आशा गरेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ