२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा युवाहरुको सक्रियतामा क्वारेन्टाइन निर्माण

दोलखामा युवाहरुको सक्रियतामा क्वारेन्टाइन निर्माण


– जीवन लामा

दोलखा – स्थानीय क्लवहरुका युवाहरुले क्वान्टाइन आफै निर्माण गर्न थालेका छन् । देश विदेशबाट गाउँ फर्केकाहरु आफ्ना घर क्वारेन्टाइनमा नबस्ने भएपछि त्यस्ता व्यक्तिहरुका लागि युवाहरुले गाउँ नजिकैको विद्यालयमा क्वारेन्टाइन निर्माण गरेका हुन ।

दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाका युवाहरु आफ्नै खर्च जुटाएर १० वेडको क्वारेन्टाइन निर्माण गरेका हुन । डायनामिक युवा क्लव र सभ्यजागरण युवा क्लवका युवाहरु मिलेर ९० हजार संकलन गरी १० वेडका क्वारेन्टाइन निर्माण गरिएको डायनामिक क्लवका अध्यक्ष नवराज फुयालले बताए ।

सोही वडामा रहेको सूर्यदय आधारभूत विद्यालयको भवनमा उक्त क्वारेन्टाइन निर्माण गरेका छन् । गाउँ-गाउँमा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको अवस्थामा स्वास्थ्य चौकीको भवनमा पर्याप्त कोठा नभएको र क्वारेन्टाइनको लागि आवश्यक स्वास्थ्य सामग्रीहरु नभएकोले युवाहरुको सक्रियतामा पूर्वतयारी स्वरुप सो क्वारेन्टाइनको  निर्माण गरिएको हो ।

क्वारेन्टाइनमा चाहिने आवश्यक बेड, झुल, डस्टबीन, नजिकै चर्पीको समेत व्यवस्था गरेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ