२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान

ज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान


दोलखा – ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कोभिड-१९ को संक्रमणका कारण रगत अभाव हुन नदिनको लागि रक्तदान आयोजना गरिएको हो ।

१८ देखि ६० वर्ष उमेरसम्मका हरेक व्यक्तिलाई रक्तदान गर्ने बानी बसाल्नको लागि दोलखामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानका कारण अहिले दोलखामा रगत अभाव नभएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले जानकारी दिए ।

दोलखामा मासिक रुपमा हरेक संघसंस्थाहरुले रक्तदान आयोजना गर्दै आएको छ । बिहिबार आयोजना गरेको योगदान राष्ट्रको लागि फाउण्डेशन उद्घाटन कार्यक्रममा स्वस्थ तथा निरोगी बन्नको लागि रक्तदान कार्यमा सहभागी भइदिनको लागि प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले आग्रह गरेका थिए ।

कार्यक्रम योगदान राष्ट्रको लागि फाउण्डेशन जिल्ला कार्यसमिति दोलखाका संयोजक राजु थापाको अध्यक्षतामा भएको हो। साथै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले यस कार्यक्रमको समन्वय गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ